काठमाडौं ।
‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’ थिमसहित ओपोले विहिबारबाट, २०१९ ओपो डेभलपर्स कन्फरेन्स (ओडीसी)को उद्घाटन गरेको छ । सम्मेलन मार्फत कम्पनीले डेभलपर्स र पार्टनर्सका साथमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सहनिर्माणका लागि तीन पहल बारे जानकारी समेत सार्वजनिक गरेको छ ।
ओपोद्वारा घोषित ३ पहलमा डेभलपर सपोर्ट प्रोग्राम ‘ग्राभिटी प्लान २.०’का लागि ओपोले सन् २०२० मा आरएमबी १ बिलियन (करिव यूएसडी १४३ मिलियन) लगानी छुट्याएको छ । त्यसैगरी ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी ईन्जिन्स’ र ‘आईओटी ईनेबलमेन्ट प्लान’ रहेका छन् ।
पछिल्लो बर्ष ओपोले आफ्नो कलर ओएस सञ्चालन प्रणाली अन्तर्गत विश्वस्तरमा ३२० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता र आफ्नो एप्लिकेसन्स, सेवा र कन्टेन्ट ईकोसिस्टममा प्रयोगकर्ताको संख्यामा बृद्धिका साथ नयाँ ईकोसिस्टम निर्माणमा उल्लेख्य प्रगति हात पार्न सफल भएको छ । आजको मिति सम्म आईपुग्दा १ लाख २० हजार भन्दा बढीको संख्यामा डेभलपर्सले ओपोको ओपन प्ल्याटफर्ममा जोइन गरिसकेका छन् भने यसको ओपन क्यापेबिलिटी सेवाको प्रयोग प्रति दिन ३ बिलियन पटक भन्दा बढी हुने गरेको छ ।
विश्वभरका विशिष्ट डेभलपर्सलाई टेवा पु¥याउने सोचका साथ २०१८ डेभलपर्स कन्फरेन्समा ओपोले आधिकारिक रुपमा आरएमबी १ बिलियनको कार्यक्रमका रुपमा ‘ग्राभिटी प्लान’को घोषणा गरेको थियो । लगतै योजनाले २ हजार भन्दा बढी एप्लिकेसन्सलाई आवश्यक श्रोत उपलब्ध गराउँदै, ९.२ बिलियन ईम्प्रेसन्स र १८० मिलियन भन्दा बढी पटक डाउनलोड भइसकेको छ ।





























प्रतिक्रिया