आईबीएमको सहकार्यले टाइम्स कलेजका विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरको रोजगारी प्राप्त हुने

आईबीएमको सहकार्यले टाइम्स कलेजका विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरको रोजगारी प्राप्त हुने

केन्द्रबिन्दु
234
Shares

काठमाडौँ । आईबीएम करियर एजुकेसनको सहकार्यले द टाइम्स इन्टरनेसनल कलेजका ब्याचलर कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको तालिम र रोजगारीको सुनौलो अवसर प्राप्त हुने भएको छ । विश्वको सबैभन्दा ठूलो औद्योगिक अनुसन्धान संस्था तथा विश्वका ठूलामध्येको एक आईटी कम्पनी आईबीएमको सहकार्यले टाइम्स कलेजका विद्यार्थीले यो अवसर पाउने भएका हुन् ।

जसअनुसार कलेजमा आईबीएम सफ्टवेर ल्याबको स्थापना हुने भएको छ । आईबीएमको लाइसेन्स प्राप्त प्रशिक्षकहरुद्वारा साप्ताहिक रूपमा कक्षा सञ्चालनका साथै विद्यार्थीहरू प्रत्येक हप्ता कम्तीमा तीन घण्टा आईबीएम लर्निंग म्यानेजमेन्ट सिस्टममा अनलाइन अध्ययन गर्नुपर्ने छ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमका साथमा विश्वव्यापी माग भएको एक्स्ट्रा क्रेडिट कोर्स उपलब्ध हुने छ । जहाँ विद्यार्थीहरूद्वारा प्रत्येक सेमेस्टरमा आईबीएम सिस्टममा असाइन्मेन्ट बुझाउनु पर्नेछ ।

यसपछि ग्यारेन्टीका साथ विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय कम्पनीहरूमा इन्टर्नसिप र रोजगारीको व्यवस्था गरिने बताइएको छ । कलेजका प्रबन्ध निर्देशक दीपक न्यौपानेका अनुसार अब टाइम्स कलेजको ब्याचलर कार्यक्रममा भर्ना हुनु भनेको शिक्षा प्राप्त गर्ने मात्र नभएर सिधै रोजगारी प्राप्त गर्ने अवसर हो ।

Logo