काठमाडौं । नेपालको चर्चित आईटी कम्पनी एक्सेस वर्ल्ड टेकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोर पन्थले ‘इन्फोर्मेटिभ क्लाउड सर्भिसेस सीईओ अफ द इयर’अन्तर्गतको प्रतिष्ठित ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेका छन् ।
बेलायतबाट प्रकाशित हुने चर्चित म्यागेजिन सीईओ मन्थ्लीद्वारा प्रस्तुत ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड’ क्लाउड प्रविधिमा राम्रा काम गरिरहेका उत्कृष्ट लिडरहरूलाई प्रदान गर्ने गरिन्छ ।
विशेषगरी एआईको बिगबिगी, बढ्दो साइबर सुरक्षा खतरा र जवाफदेहिता लगायतका चिन्ताका बीच सूचनाप्रविधि क्षेत्रमा निडर रुपमा लागि परेका सिईओहरुलाई यस म्यागेजिनले प्रोत्साहन गर्ने गर्दछ । सन् २०१७ देखि निरन्तर रुपमा यस अवार्ड दिइँदै आएको छ । यो अवार्डको आठौं संस्करण हो । सन् २०२४ को अवार्ड यसकारण विशेष छ की विजेतालाई सीईओ मन्थ्लीकाे ४८ हजार विश्वव्यापी सर्कुलेसनमा प्रस्तुत गरिनेछ र न्यूनतम एक वर्ष आधिकारिक वेबसाइटमा प्रचार गरिनेछ । यसले अन्तर्राष्ट्रिय स्तरमा सीईओ तथा कम्पनीको नेटवर्क बढाउन भूमिका खेल्ने, कम्पनीको मार्केटिङ हुने तथा प्रतिष्ठा बढ्ने सीईओ मन्थ्लीको दाबी छ ।

नेपालको सूचना प्रविधिको क्षेत्रमा असाधारण योगदान पुर्याइरहेको कम्पनीको नेतृत्व गरिरहेका सीईओ पन्थले उक्त अवार्ड प्राप्त गरेका हुन् । यो अवार्ड समारोह आगामी अक्टोबरमा बेलायतमा हुनेछ । पन्थ सूचना प्रविधि विज्ञ पनि हुन् । यो अवार्डले पन्थको समर्पण र नेपालको आईटी क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानलाई दर्शाउने कम्पनीको भनाई छ ।





























प्रतिक्रिया