‘स्पेस एक्स’को रकेट लन्चः पठायो कमिला र आइसक्रिम

‘स्पेस एक्स’को रकेट लन्चः पठायो कमिला र आइसक्रिम


आइतबार ‘स्पेस एक्स’ले नयाँ रकेट अन्तर्राष्ट्रिय स्पेस स्टेसन गन्तव्य भएको लन्च गरेको छ। कमिला, आइसक्रिम एभोकाडो र ह्युमनोइड (मानिस जस्तै) रोबोट राखेर उक्त यान नासाको केनेनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा पठाइएको हो। 

सोमबार अन्तर्राष्ट्रिय स्पेस स्टेसन पुग्ने सो यान अर्बपति इलन मस्कको ‘स्पेस एक्स’ कम्पनीले नासाका लागि बनाएको २३ औँ यान हो। पुनर्प्रयोग गरिएको ‘फाल्कन रकेट’को सहयताले ‘ड्रेगन क्याप्सुल’ नामको यान प्रक्षेपण गरिएको हो। 

ड्रेगनमा १ हजार १ सय ७० किलोग्राम सामग्री राखिएको छ। एभोकाडो, आइसक्रिम, कागतिजस्ता खाद्य सामग्री पनि ड्रेगनमा राखेर पठाइएको थियो, जसको खपत अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरूले गर्नेछन्। वनस्पति र कमिला परिक्षणका रूपमा पठाउन लागिएको हो। 

शनिबारका लागि तय भएको उडान खराब मौसमका कारण आइतबारका लागि सारिएको हो। 

सन् २०११ मा नासाले सामग्री र टोली अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाउनका लागि ‘स्पेस एक्स’ र अन्य निजी कम्पनीको सहयोग लिन थालेको हो।

Logo