लुम्बिनी गुरुयोजना तोकिएकै समयमा सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

लुम्बिनी गुरुयोजना तोकिएकै समयमा सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधवार ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दुरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरि रहन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय बुद्धिस्ट संगठनहरुसँग पनि भर्चुअल बैठक गरी कोरोना महामारी विरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए ।

भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

लुम्बिनी विकास कोषले कोभिड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए । उनले लुम्बिनी क्षेत्र आसपासमा रहेका २२ बटा क्वारेन्टाइनमा समेत विभिन्न खाद्य सामग्री, माक्स स्यानिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरेको बताए ।

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यानकेन्द्रको काम अन्तिम चरणमा पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरी विश्रामस्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए । साना साना भए पनि दर्जनौं निर्माणको काम समेत भइरहेको उनले बताए ।

Logo