कालिञ्चोकमा हिउँ परेपछि अलपत्र परेका सात सय पर्यटकको उद्धार

कालिञ्चोकमा हिउँ परेपछि अलपत्र परेका सात सय पर्यटकको उद्धार

केन्द्रबिन्दु
0
Shares

जिरी

प्रहरीले हिउँमा अलपत्र परेका झण्डै  ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० वटा सवारीसाधन मार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ ।

Logo