यस्तो छ, क्लव हिमालय (भिडियो कथा)

यस्तो छ, क्लव हिमालय (भिडियो कथा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० भदौ ।

काठमाडौंको कोटेश्वरवाट भक्तपुरहुँदै ३२ किमी पूर्व–उत्तरको यात्रा पुरा गरेपछि पुगिन्छ, होटलै–होटलको सुन्दर सहर नगरकोट ।
सानो तर चिटिक्क परेको यो सहरले भक्तपुर र काभ्रे दुवै जिल्लालाई छोएको छ । त्यसमापनि भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिका दूवैको भूभागमा आराम गरेर बसेको नगरकोटमा ५९ वटा चालु अवस्थामा र ५ वटा निर्माणाधीन होटलहरु छन् । समुद्री सतहवाट २१ सय ७५ फिटको उचाइमा रहेको नगरकोट सुन्दरताको पर्यायको रुपमा स्थापित छ ।

नगरकोटका होटलहरुमा ७ सयभन्दा बढी कोठाहरु छन् । र, नगरकोट एक्लैले प्रत्येक रात ११ सयभन्दा बढीलाई बास बसाउन सक्छ ।
यी तमाम होटलहरुको वीचमा शिरठाडो पारेर उभिएको छ, होटल क्लव हिमालय । दुई दशक लामो इतिहास बोकेको क्लव हिमालय सुन्दर बस्ति भित्रको अति सुन्दर होटल हो । नगरकोटेहरु यस होटललाई ‘होटलहरुको रानो’ भनेर चिन्ने गर्छन् ।

क्लव हिमालयका यति धेरै विशेषताहरु छन् कि जसले यस होटललाई पुरक र पर्फेक्ट वनाएको छ ।
(हेर्नुस् भिडियो)

Logo