पर्यटन मन्त्रालयले सन्तोष साहलाई सद्भावना दूत नियुक्त गर्ने

पर्यटन मन्त्रालयले सन्तोष साहलाई सद्भावना दूत नियुक्त गर्ने


पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ। मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्ति गर्ने भएको हो। 

सेफ साहले नेपालका विभिन्न परिकारहरुलाई विश्वमाझ चिनाउँदै आएका छन्। 

लण्डनमा भएको बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरु पस्किएर निर्णायक मण्डलीहरुको मन जितेका थिए।

Logo