मन्त्री छान्न प्रेसरमा प्रचण्ड, दबाबमा देउवाः यस्ता छन् आकांक्षीहरू [भिडियाे]

मन्त्री छान्न प्रेसरमा प्रचण्ड, दबाबमा देउवाः यस्ता छन् आकांक्षीहरू [भिडियाे]


प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन्। 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री प्रचण्डले चैत ५ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका हुन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले १७२ जना सांसदको मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए। 

यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनले  २६८ सांसदको मत पाएका थिए भने यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए। एक सांसद तटस्थ रहेका थिए।

गत पुस १० गते नेकपा एमाले नेतृत्वको सात दलीय सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सरकार गठन भएको दुई महिना नपुग्दै गठबन्धन परिवर्तन गरेका छन्। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस नेतृत्वको पुस १० अघिको पुरानो गठबन्धन ब्युँताएका थिए।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार परिवर्तन गरेसँगै एमाले र राप्रपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। दुई पार्टीले समर्थन फिर्ता लिएसँगै प्रचण्डले पुनः प्रतिनिधिसभामा विश्वासको मत लिनु परेको हो। प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपा बाहेकका दलले विश्वासको मत दिएका हुन्। 

पूरा समाचारका लागि-

मन्त्री छान्न प्रेसरमा प्रचण्ड, दबाबमा देउवा

Logo