निर्मला प्रकरणका पाँच वर्ष,कहाँ होलान् अपराधी ? घटेनन् यौन हिंसाका घटना [भिडियाेसहित]

निर्मला प्रकरणका पाँच वर्ष,कहाँ होलान् अपराधी ? घटेनन् यौन हिंसाका घटना [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालमा दिनानुदिन जघन्य अपराध बलात्कार घटनाको ग्राफ बढ्दो छ। अचम्मलाग्दो कुरा त के छ भने मानिसहरू शिक्षित र सभ्य भएका रिपोर्ट सार्वजनिक हुँदै गर्दा हत्या, बलात्कार, लुटपाट, अपहरणजस्ता जघन्य अपराध बढ्दै गइरहेका छन्।

गत वर्ष २ वर्षभन्दा कम उमेरकी बालिकाको बलात्कार र यही साता ७३ वर्षीया बृद्धाको सामूहिक बलात्कारको घटनाले आङ नै सिरिङ्ग बनाउँछ।

विभिन्न समाचार, पत्रपत्रिकामा वा सामाजिक सञ्जालमा आएका बलात्कारका घटनाले सोच्न बाध्य बनाउँछ कि महिलाहरूको लागि सुरक्षित ठाउँ कहाँ हो? आफ्नै घरको सदस्यहरूबाट समेत छोरीचेलीहरू असुरक्षित हुनुको कारण के हो ? किन यति धेरै बढ्दैछ बलात्कारका घटना ? के नेपालको कानून कमजोर भएकै हो ?आजको केन्द्रबिन्दु विशेष यसै विषयमा केन्द्रित रहनेछ। 

नेपालमा बलात्कार एक आफैँमा सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्दछ। बलात्कारपछि ज्यान बचाए पनि उजुरीपछि ज्यान नजाला भन्न सकिने वातावरण छैन। त्यसैले धेरैजसो बलात्कारको घटना प्रहरीसम्म आइनपुग्ने समस्या छ। बलात्कारको घटनाबाट अधिकांश किशोरीहरू पीडित हुनेगरेका छन्। उसो त बालिकादेखि वृद्धा मात्रै होइन शारीरिक अशक्तता र अपाङ्गता भएकाहरू पनि पछिल्लोसमय बलात्कारको शिकार हुने गरेका छन्।

गत वर्ष २ वर्षभन्दा कम उमेरकी बालिकाको बलात्कार र यही साता ७३ वर्षीया बृद्धाको सामूहिक बलात्कारको घटनाले आङ नै सिरिङ्ग बनाउँछ। वरिष्ठ अधिवक्ता तथा महिला अधिकारकर्मी मीरा ढुंगाना भन्छिन्। 

एक त पीडितहरू उजुरी दिन आफैँलाई सुरक्षित मान्दैनन्। आफ्नो परिवार,नातागोता र समाजमा इज्जत जाने डर र बाबुआमाको मान प्रतिष्ठा जोगाउने नाममा उजुरी दिन हिचकिचाउने गरेका छन्।

कतिपय अवस्थामा परिचित व्यक्तिहरुले नै ललाईफकाई प्रलोभन तथा बेहोस पारेर महिलालाई बलात्कार गरेका घटनाहरु पनि सार्वजनिक भइरहन्छन्। बेहोस पारेर बलात्कार गरेका घटनाहरुमा बलात्कारीले महिलाहरुलाई कसरी फसाउँछन्? भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता ढुंगाना “महिलाले पुरुषमाथि चाँडो विश्वास गर्ने हुँदा बलात्कार बढेको” बताउँछिन्। 

एक त पीडितहरू उजुरी दिन आफैँलाई सुरक्षित मान्दैनन्। आफ्नो परिवार, नातागोता र समाजमा इज्जत जाने डर र बाबुआमाको मान प्रतिष्ठा जोगाउने नाममा उजुरी दिन हिचकिचाउने गरेका छन्। केही गरी घटनालाई बाहिर ल्याउने आँट गरे भनेपनि दोहोरो पीडामा पर्छन् एउटा बलात्कार अर्को सामाजिक डर र त्रास।

त्यसमाथि नेपालको कानून यति फितलो छ कि हिम्मत जुटाएर ज्यानको बाजी राखेर नै उजुरी दिए पनि पीडकले कानूनअनुसारको सजाय पाउनेमा पीडित ढुक्क हुने अवस्था छैन । शक्तिको दुरूपयोग, राजनीतिक संरक्षण, आर्थिक प्रलोभन, नातावाद, कृपावादजस्ता प्रवृत्ति पीडितको न्याय प्राप्तिको तगारो बनेको छ।
 
फितलो ऐन मात्र हैन लामो कानूनी प्रक्रियाले अझ पीडितलाई सास्ती दिने गरेको छ। अपराधिहरु खुलमखुला समाजमा घुम्न पाउँदा पीडितहरु भने मानसिक रोगबाट ग्रसित हुने गरेका छन्। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुरा भयो। तर बलात्कारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन। 

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु भनेको एकदमै लज्जास्पद र घिनलाग्दो विषय हो।

बलात्कारका घटना दिनप्रतिदिन बढुनुको मुख्य कारण सामाजिक चेतना,सामाजिक मान्यता,आर्थिक अवस्था,सुरक्षा व्यवस्था,आपराधिक मनस्थिति,पुरुषप्रधान समाज, प्रहरी तथा कानूनी निकायको अक्षमता, सामाजिक सञ्जालको दुरूपयोग,मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरूपयोग आदि भएको वरिष्ठ अधिवक्ता ढुंगानाको बुझाइ छ।

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु भनेको एकदमै लज्जास्पद र घिनलाग्दो विषय हो। योभन्दा लज्जास्पद कुरा त पीडकलाई कानूनको दायरामा ल्याउन नसक्नु हो। बलात्कारीहरू अपराधी हुन् र तिनीहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्छ।

तर बिडम्बना!अपवादबाहेक अपराधीलाई कानूनको कठघरामा ल्याउनु देशको अपराध नियन्त्रण सम्हालिरहेका नेपाल प्रहरीलाई फलामको चिउरा चपाउनु सरह भएको छ। कहिलेसम्म नारीहरू बलात्कार भएको सुन्दै र भोग्दै बस्नुपर्ने हो कसैलाई थाहा छैन।

Logo