काठमाडाैँ। नेपाली यू–१९ क्रिकेट टोलीले बुधबार आइसिसी यू–१९ विश्वकपअन्तर्गत दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दैछ।
खेल बुधबार नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा सुरु हुनेछ। आइतबार पहिलो खेलमा न्युजिल्यान्डसँग ५४ रनले पराजित नेपालका लागि दोस्रो खेलमा पाकिस्तानविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।
अर्कोतर्फ नेपाललाई पराजित गरेको खण्डमा पाकिस्तान भने एक खेल अगावै सुपर सिक्समा पुग्नेछ।
नेपाली टोलीले पाकिस्तानविरुद्ध अहिलेसम्म खेलेका कुनै पनि खेल जित्न सकेको छैन। पाकिस्तान पनि विश्वकपको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सस्तैमा समेटे जसरी नेपालविरुद्ध पनि त्यस्तै प्रकारको प्रदर्शनीलाई निरन्तरता दिन चाहन्छ। तर नेपाली क्रिकेट टोली न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा गरेको गल्तीबाट सिकेर पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ।
सुपर सिक्सको सम्भावना कायम राख्न बुधबारको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्नुपर्नेछ। अर्कोतर्फ नेपाललाई पराजित गरेको खण्डमा पाकिस्तान भने एक खेल अगावै सुपर सिक्समा पुग्नेछ।
बुधबार पाकिस्तानलाई पराजित गर्न सके नेपालको सुपर सिक्सको सम्भावना कायम मात्र रहँदैन, गत डिसेम्बरमा भएको एसिया कपको पराजयको बदला पनि नेपालले लिन सक्छ।नेपालले पाकिस्तानविरुद्ध अहिलेसम्म ५ खेल खेलिसकेको छ। जसमध्ये नेपालले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन।
पछिल्लो पटक नेपाल र पाकिस्तान बीचको भेट दुई महिनाअघि मात्रै एसिया कपमा भएको थियो। नेपालविरुद्ध उक्त खेल पाकिस्तानले सहजै सात विकेटको जितेको थियो। उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५२ रन मात्र जोड्न सक्यो।
सिनियर टोलीबाट खेलिसकेका गुल्सन र देव नै नेपालका लागि राम्रो प्रदर्शन गर्नबाट चुकेपछि नेपालको अवस्था दयनीय जस्तै भइसकेको थियो।
खासमा पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरभित्रै ५ विकेट गुमाउँदै ४६ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि आशा गरिएका अनुभवी अलराउन्डर गुल्सन झा १ रनमै आउट भएका थिए। त्यसैगरी कप्तान देव खनाल पनि शून्य रनमै पभेलियन फर्किएका थिए।
गुल्सन र देवले टिमका लागि योगदान गर्न नसक्दा नेपालले सोचेजस्तो प्रदर्शन नै गर्न सकेन। सिनियर टोलीबाट खेलिसकेका गुल्सन र देव नै नेपालका लागि राम्रो प्रदर्शन गर्नबाट चुकेपछि नेपालको अवस्था दयनीय जस्तै भइसकेको थियो।
तर, ५१ रन बनाएका उत्तम मगर तथा ३१ रन जोडेका दिपेश कँडेलले छैँटौँ विकेटका लागि ७० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरेका थिए। तर, त्यसपछिका ब्याटरले टिकेर नखेलिदिदा नेपाल सस्तैमा समेटिएको थियो।
उक्त प्रतियोगितामा नेपाल समुह चरण भन्दा माथी उक्लन सकेन यस्तै पाकिस्तान पनि सेमिफाइनलमा यूएईसँग ११ रनले पराजित हुँदै घर फर्किएको थियो। नेपालविरुद्ध बलियो ब्याटिङ गरेको पाकिस्तान यूएईले दिएको १९३ रनको लक्ष्य भेट्नै सकेन। यसरी हेर्दा पाकिस्तानी टोलीको ब्याटिङमा एकरुपता छैन।
उसको ब्याटिङ लाइनअफमा समस्या रहेको स्पष्टै देखिन्छ, जुन नेपाली बलरहरुका लागि निकै राम्रो पक्ष हो। पाकिस्तानी ब्याटिङ लाइनअप एसियाकपमा कमजोर देखिएता पनि बलिङ भने निकै राम्रो अवस्थामा छ।
पाकिस्तानका बलर उबेद साह, आराफात मिनहास र नाबेद अहमद खान नेपाली ब्याटरका लागि टाउको दुखाई बन्ने निश्चित देखिन्छ। नेपालले खेलेका पछिल्ला केही खेलहरुलाई हेर्ने हो भने नेपाल बलिङ र ब्याटिङ दुबैमा चुकिरहेको छ।
ठुला राष्ट्रविरुद्ध नेपालका कुनै पनि खेलाडीहरुले सम्झन लायक प्रदर्शनहरु गर्न सकिरहेको छैन। झन् आशा गरिएका र सिनीयर राष्ट्यि टोलीको अनुभव बटुलेका खेलाडी त क्रिजमा जम्नै सकेका छैनन्। तर यस्तोमा आशाका किरण बनिरहेका १८ वर्षीय युवा ब्याटर अर्जुन कुमालले नेपाली समर्थक र शुभचिन्तकको मन भने जित्न सफल भएका छन्। कलिलो उमेर र परिपक्क प्रदर्शन अर्जुनको पहिचान नै बनेको छ।
अझ त्यसमा ब्याटिङ क्लास र धैर्यता उनको खुबी भित्र नै पर्दछ। अर्जुनले विरलै मात्रै आफ्नो विकेट सहजै गुमाउने गर्दछन्। विपक्षी कुनै पनि बलरलाई अर्जुनको विकेट लिन धेरै मुश्किल पर्दछ। उनले त्यो कला विश्वकपमा न्युजिल्यान्डविरुद्ध पनि देखाइ सकेका छन्।
न्युजिल्यान्डविरुद्ध ३ सय ३ रनको विशाल लक्ष्य पक्ष्याउने क्रममा अर्जुन एक्लैले नेपालका लागि ९० रन बनाएर आफ्नो ब्याटिङ क्लासको उत्कृष्ट नमुना प्रदर्शन गरिसकेका छन्।
एसिया कपमा पाकिस्तानविरुद्ध २१ रन बनाएका अर्जुन कुमालबाट विश्वकपमा पनि पाकिस्तानसँगको खेलमा उत्कृष्ट खेलको अपेक्षा गरिएको छ। त्यसैगरी, न्यूजिल्यान्डविरुद्ध ३३ रन बनाएका सुवाश भण्डारीको पनि अलराउन्ड प्रदर्शनको अपेक्षा रहने नै छ।
यता एसिया कपमा पाकिस्तानविरुद्ध २ विकेट तथा विश्वकपमा न्यूजिल्यान्डविरुद्ध पनि २ विकेट हात पारेका गुल्सन झाबाट पाकिस्तानविरुद्ध विश्वकपमा पनि अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ। पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध ३६ रन बनाएका कप्तान देव खनालको योगदान पनि उक्तिकै महत्वपूर्ण हुनेछ।
पछिल्लो खेलमा नेपाली टोलीको फर्म र खेलाडीहरुको मनोबल हेर्दा टोलीले पाकिस्तानलाई हराउने हरसम्भव प्रयास गर्ने निश्चित देखिन्छ। तर पाकिस्तान पनि नेपाली टोलीलाई कुनै पनि हालतमा हराएर सुपरसिक्समा आफ्नो स्थान सुरक्षित बनाउने लक्ष्यका साथ बुधबार मैदान उत्रने छ।
पछिल्लो खेलमा नेपाली टोलीको फर्म र खेलाडीहरुको मनोबल हेर्दा टोलीले पाकिस्तानलाई हराउने हरसम्भव प्रयास गर्ने निश्चित देखिन्छ।
दुबै टोली यसअघि पनि धेरै पटक आमुनेसानने भइसकेकाले एकअर्काको बलियो र कमजोर दुबै पक्षलाई राम्रो ज्ञान छ। त्यसैले बुधबारको खेल नेपाल र पाकिस्तान दुबैका लागि महायुद्ध बराबरकै हुने निश्चित छ।
यू–१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द ।





























प्रतिक्रिया