श्रीमानको अफेयर तेस्रोलिङ्गीसँग थाहा पाएसी श्रीमतीले बिवाह गराइदिए

श्रीमानको अफेयर तेस्रोलिङ्गीसँग थाहा पाएसी श्रीमतीले बिवाह गराइदिए

केन्द्रबिन्दु
0
Shares

ओडिशाको कालाहांडीमा अनौठो विवाहको घटना बाहिर आएको छ । 

एक विवाहित पुरुषले आफ्नी श्रीमतीको अनुमतिमा तेस्रोलिङ्गीसँग विवाह गरेका छन् । श्रीमानको गोप्य प्रेमको खुलासा भएपछि श्रीमतीले उनलाई विवाह गरेर एउटै छानामुनि बस्न अनुमति दिइन् । ३२ वर्षीया श्रीमानको दुई वर्षको छोरा पनि छ । ती पुरुष विगत एक वर्षदेखि तेस्रो लिङ्गीसँग प्रेम सम्बन्ध थिए । यो कुरा श्रीमतीले थाहा पाएपछि उनले विवाह गरेर सँगै बस्ने अनुमति दिएकी हुन । तर भारतको कानुनमा पहिलो श्रीमती जीवित रहँदा डिर्भोस बिना दोस्रो विवाह गर्न कानुनले अनुमती दिएको छैन ।

बिवाह कार्यक्रम आइतबार नरलास्थित एक मन्दिरमा भएको हो । बिवाह अवधिभर ट्रान्सजेन्डर समुदायका केही सदस्यहरू पनि बिवाहको हिस्सा बनेका थिए । सेबकारी किन्नर महासंघकी अध्यक्ष कामिनीले दुवैलाई कन्यादान गरेकी हुन् । “हामी दुबैका लागि धेरै खुसी छौं र उनीहरूलाई समृद्ध जीवनको कामना गर्दछौं,“ उनले भने ।

कामिनीले हिन्दू विवाहमा पहिलो श्रीमतीसँग कानुनी सम्बन्धविच्छेद नगरी दोस्रो विवाह मान्य नहुनेमा आफू चिन्तित रहेको बताइन् । दुवै पार्टनरको सहमति र श्रीमतीको सहमतिमा यो दुर्लभ विवाह सम्भव भएको कामिनीले बताइन् । बिवाह अघि किन्नर समुदायका सदस्यहरूले ती दुबैलाई सोच्नका लागि समय दिएका थियौं कतै उनीहरुको दिमागमा अरू कुनै विचार छ कि छैन भनेर कामिनीले भनिन्, ‘हामीले प्रहरी चौकीमा गएर लिखित जानकारी पनि गराएका थियौं तर कानुनले यस विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका कारण ती दुबैले बिवाह गरेका हुन ।

नरला प्रहरी चौकीका प्रहरी उपरीक्षक गंगाधर मेहरले भने, ‘कसैबाट उजुरी आएमा कानुन अनुसार कारबाही गर्छौं । वरिष्ठ अधिवक्ता त्रिलोचन नन्दले पहिलो विवाहलाई कानुनी मान्यता नदिएसम्म दोस्रो विवाहलाई मान्यता दिन नसकिने जिकिर गरे । उनले स्पष्ट पार्दै भने, “यस्ता सम्बन्धलाई एक्स्ट्रा मैरिटल वा लिभ–इन भनिन्छ, चाहे पति–पत्नी जस्ले गरेपनि । यसलाई विवाह भन्न मिल्दैन ।

Logo