हेर्नुहोस् नक्कली बन्दुक लिई बैंक लुट्दै गरेको दृश्य…

हेर्नुहोस् नक्कली बन्दुक लिई बैंक लुट्दै गरेको दृश्य…

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा एउटी महिला बन्दुकको देखाउदै बैंक लुटेर भाग्दै गरेको  एउटा भिडियो निकै भाइरल भइरहेको छ । 

यस भिडियोमा एउटी महिला बन्दुकको नोकमा बैंक लुट्दै फरार भइरहेको देखिन्छिन् । यो घटना सेप्टेम्बर १४ का दिन लेबनानको राजधानी बेरुतमा भएको हो । अनुसन्धाकर्ताहरुका अनुसार ती महिलाले खेलौना बन्दुक लिएर बैंक भित्र पसेर बैंक कर्मचारीलाई धम्की दिई हजारौं डलर लिएर भागेको देखिन्छ । अनुसन्धाकर्ताहरुका अनुसार ती महिलाले आफ्नी बिरामी बहिनीको उपचार गराउन यस्तो कदम चालेको बताइएको छ । २८ वर्षीया महिलाको हकहितमा बोल्ने र इन्टेरियर डिजाइनर रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार बैंक लुट्ने महिलाको नाम साली हाफिज हो । उनले बैंक चोरीको सम्पूर्ण घटनालाई लाइभ स्ट्रिम पनि गरेकी थिइन । भिडियोमा महिलाले ‘ब्लूम बैंक’ बेरुत शाखाको प्रवेशद्वार बन्द गरेको देख्न सकिन्छ र त्यसपछि कर्मचारीहरूलाई गाली गर्दै पैसा मागेको देख्न सकिन्छ । यो घटनाक्रममा उनको हातमा कथित नक्कली पेस्तोल देख्न सकिन्छ ।

भाइरल भिडियोमा महिलाले भनिन्, ‘मेरो नाम भाभी हाफिज हो । म आज दिदीको उपचारका लागि पैसा लिन आएको थिएँ जुन बैंकमा जम्मा गरिएको छ । मेरो दिदी अहिले अस्पतालमा मरिरहेकी छिन् । म यहाँ कसैलाई मार्न आएको होइन । म यहाँ आफ्नो अधिकार लिन आएको हुँ । बैंक डकैतीपछि हाफिजले स्थानीय च्यानललाई आफ्नो परिवारले बैंकमा २० हजार डलर जम्मा गरेको र त्यसमध्ये १३ हजार निकालेको बताइन ।

उनले भिडियोमा आफ्नो बहिनीको क्यान्सर उपचारका लागि ५० हजार रुपैयाँ चाहिने पनि बताए । सोहि कारण आफु आफ्नो भान्जीको खेलौना बन्दुक लिई बैंकका कर्मचारीहरूलाई धम्की दिन र पैसा असुल्न प्रयोग गरेको बताइन ।

 

Logo