आगलागीपछि माल्दिभ्सको गणतन्त्र दिवसको कार्यक्रम सर्‍याे

आगलागीपछि माल्दिभ्सको गणतन्त्र दिवसको कार्यक्रम सर्‍याे

केन्द्रबिन्दु
0
Shares

मालेमा भएको आगलागीपछि बिहीबार हुने भनिएको माल्दिभ्सको गणतन्त्र दिवसको कार्यक्रम शुक्रबार हुनेगरी स्थगित गरिएको छ । 

माल्दिभ्सको राजधानी मालेमा भएको भीषण आगलागीको घटनापछि माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले बिहीबार गणतन्त्र दिवसको अवसरमा हुने औपचारिक कार्यक्रम स्थगित गरिएको घोषणा गरेका हुन् ।

गणतन्त्र दिवसको कार्यक्रम शुक्रबारका लागि धारुबारुगेमा सारिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति कार्यालयले नोभेम्बर १०, २०२२ बिहीबारका लागि तय गरिएको गणतन्त्र दिवसको अवसरमा हुने औपचारिक कार्यक्रम स्थगित गरिएको घोषणा गरेको छ । 

माल्दिभ्सका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्मेलन आगामी नोभेम्बर ११, २०२२ शुक्रबार राति ८ः३० बजे धारुबारुगेमा हुनेछ ।” विज्ञप्तिमा माले शहरको माफन्नु वार्डको इस्कन्धार मागुमा बिहीबार बिहान भएको आगलागीमा परी जनधनको क्षति भएको जनाइएको छ ।

माले ग्यारेजमा भएको आगलागीमा परी कम्तीमा १० जनाको मृत्यु भएको थियो । माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला हमिदले मालेमा भएको आगलागीमा परी ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेका छन् । 

“मालेमा भएको भीषण आगलागीको खबरले निकै दुःखी बनाएको छ,” विज्ञप्तिमा भनिएको छ, आगलागीमा कम्तीमा १० जना प्रवासी कामदारको ज्यान गएको छ र कैयौं परिवार प्रभावित भएका छन् । हामी यस दुःखको घडीमा मृतकको आत्माको शान्ति र प्रभावित परिवारका सदस्यप्रति समवेदना व्यक्त गर्दछौँ । 

घटनाको पूर्ण अनुसन्धान भइरहेको शाहिदले ट्वीटरमा लेखेका छन् । 

भारतीय उच्चायोगले पनि आगलागीमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको छ । “मालेमा भएको आगलागीको दुःखद घटनाबाट हामी अत्यन्त दुःखी छौं, जसमा केही भारतीय नागरिकसमेतको ज्यान गएको छ । हामी माल्दिभ्सका अधिकारीहरूसँग नजिकको सम्पर्कमा छौं,” भारतीय उच्चायोगले ट्वीट गरेको छ ।

उच्चायोगले प्रभावित भारतीय नागरिकका परिवारसँग सम्पर्क गरिरहेको जनाएको छ । उच्चायोगले भनेको छ, “मालेमा भएको आगलागीको घटनाको अपडेटः माल्दिभ्सका अधिकारीहरूले दुर्भाग्यपूर्ण घटनामा १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतकको सनाखतको काम जारी छ ।” 

उच्चायोगले प्रभावित भारतीय नागरिकका परिवारसँग सम्पर्क गरिरहेको छ । माल्दिभ्सको स्थानीय प्रशासनले मृतकमध्ये आठ जना भारतीय नागरिक रहेको र एक जना बङ्गलादेशी नागरिक रहेको जनाएको छ । अन्यको पहिचान खुल्न सकेको छैन ।

स्रोतका अनुसार मृतकमध्ये केही आफ्नो कोठा र बाथरुममा फसेका थिए । माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ) को फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार ठूलो संख्यामा भारतीय, श्रीलङ्का र बङ्गलादेशी आप्रवासी कामदार बस्ने भवनमा उक्त घटना भएको हो । -एएनआई

Logo