जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिसमक्ष ‘गम्भीर चासो’ व्यक्त

जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिसमक्ष ‘गम्भीर चासो’ व्यक्त

केन्द्रबिन्दु
0
Shares

जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बैंककमा भेटवार्ता भएको छ । 

सो भेटमा प्रधानमन्त्री किशिदाले राष्ट्रपति सी समक्ष क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा "गम्भीर चासो" व्यक्त गरेका छन् । त्यहाँ उनीहरू बीच पहिलो आमनेसामने वार्ता भएको हो ।  

"मैले सेन्काकु टापुहरू सहित पूर्वी चीन सागरको अवस्था, चीनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपणलगायतका सैन्य गतिविधिहरूमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छु र मैले ताइवान स्ट्रेटको शान्ति र स्थिरताको महत्त्वमा जोड दिएको छु," किशिदाले पत्रकारहरू माझ भनेका छन् । -एएफपी

Logo