भारतमा २५-२५ लाख इनाम राखिएका दुई नक्सलवादी महिला कमाण्डरको हत्या

भारतमा २५-२५ लाख इनाम राखिएका दुई नक्सलवादी महिला कमाण्डरको हत्या

केन्द्रबिन्दु
0
Shares

मध्य प्रदेशको बालाघाट जिल्लामा मुठभेडका क्रममा प्रहरीले दुई नक्सलवादी महिला कमाण्डरलाई मारेको छ। भारतीय प्रहरीले यी दुई नक्सलवादी महिलाका लागि १४-१४ लाख भारतीय रुपैयाँ  (झन्डै २५ लाख नेपाली) पुरस्कार घोषणा गरेको थियो। 

सो घटनाको जानकारी पाएलगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए। उनीहरु मध्य एकजना एरिया कमाण्डर तथा अर्का गार्ड रहिसकेका दुई ठूला महिला नक्सलवादी कमाण्डर रहेको खुलेको थियो। बालाघाट प्रहरीले यसको पुष्टि गर्दै दुबैको साथबाट हतियार, कारतूस र अन्य सामग्री बरामद भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नक्सलवादी महिला कमाण्डरहरूसँग गढी थाना क्षेत्रमा प्रहरीसँग भिडन्त भएको थियो।प्रहरी उपरीक्षक समीर सौरभका अनुसार शनिवार बिहान गढी थाना अन्तर्गत कडला जंगलमा हकफोर्स र नक्सलवादीबीच भिडन्त हुने क्रममा उनीहरु मारिएको हुन। 

मध्य प्रदेशको बालाघाट जिल्ला लामो समयदेखि नक्सलवादको समस्यासँग लडिरहेको छ । बालाघाट प्रहरीले गत वर्ष पनि ६ जना नक्सलवादीलाई मारेको थियो ।

Logo