खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ

खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ

केन्द्रबिन्दु
0
Shares

खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । नेपालमा लुकेर बसेको दाबी गरिए पनि उनी भारतको पन्जाबस्थित मोगा भन्ने स्थानबाट पक्राउ परेका हुन् । 

भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको काठमाडौंस्थित भारतीय दूतावासले दाबी गरेको थियो । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानमा रहेका उनलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि उनी लुक्दै आएका थिए ।

सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । पक्राउ परेका उनलाई अमृतसर हुदैँ असमको डिब्रुगढ जेलमा पठाइएको छ ।  'अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेकाे छ । 

Logo