बेलायत-इजरायली महिलाको हत्यामा संलग्न तीन प्यालेस्टिनी मारिए

बेलायत-इजरायली महिलाको हत्यामा संलग्न तीन प्यालेस्टिनी मारिए

केन्द्रबिन्दु
0
Shares

इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारिएकाे छ ।

हत्यामा सङ्लग्न दुई सङ्दिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र शिन बेट सुरक्षा सेवाको संयुक्त अपरेशनमा नाब्लसमा मारिएको बताइएको छ । यसले तीन जना मृतकलाई “लेआ, माइया र रिना डीका हत्यारा”को रूपमा पहिचान गरेको छ ।

जो अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमणपछि ज्यान गुमाएका थिए । -एएफपी

Logo