गाजामा पुग्यो राहत सामग्री, युद्ध रोक्न इजिप्टमा शान्ति सम्मेलन

गाजामा पुग्यो राहत सामग्री, युद्ध रोक्न इजिप्टमा शान्ति सम्मेलन

केन्द्रबिन्दु
0
Shares

इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्‍याइएको छ। इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्‍याइएको हो।

एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको बीबीसीले जनाएको छ। यसैगरी घाइतेहरूका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमण गर्दा राहत सामग्री पुर्‍याउनका लागि इजिप्टसँग जोडिएको सीमा नाका खोल्न दिन आग्रह गरेका थिए।सोही आग्रह बमोजिम इजरायलले शनिबार उक्त सीमा नाका खुला गरेको हो।

रफाह नाकाबाट राहत सामग्री गाजामा पुगेको र अब सोही नाकाबाट विदेशी नागरिकहरू बाहिर निस्किन पाउने प्रतीक्षा गरिएको बीबीसीले उल्लेख गरेका छन्। गत असोज २० गते प्यालेस्टाइन लडाकु समूह हमासले इजरायलमा एक्कासी आक्रमण गरेको थियो।

लगत्तै इजरायलले पनि युद्धको घोषणा गर्दै जवाफी आक्रमण थालेको थियो। गाजा क्षेत्रमा अहिलेसम्म ४ हजार ३८५ यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल-प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ।

सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली सङ्घ र बेलायतका प्रतिनिधिहरू सहभागी छन्।अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन्। सम्मेलनमा सहभागी प्यालेस्टाइन नेता महमुद अब्बासले आफूहरूले आफ्नो भूमि नछोड्ने अडान लिएका छन्।

Logo