अमेरिकन प्रहरीले लखेटेको आप्रवासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ जनाको मृत्यु

अमेरिकन प्रहरीले लखेटेको आप्रवासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको टेक्सासमा दुईवटा कार एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ। 

सो क्रममा सेतो होन्डा कारमा सवार व्यक्तिहरु पक्राउबाट बचिरहेका तस्करहरुसमेत थिए। सोही क्रममा अर्को कारसँग ठोक्किएर उनीहरुको मृत्यु भयो भने अर्को कारमा रहेका दम्पतीको पनि मृत्यु भयो।

टेक्सासका प्रहरी अधिकारीहरूले सेतो होन्डा कारका चालकले कागजपत्र विहीन आप्रवासीहरू बोकेर हिडेको जानकारी दिएको छ। 

उनीहरु मेक्सिकोको सीमाबाट करिब ६० माइल (१०० किलोमिटर) सडकमा प्रहरीबाट भाग्दै थिए। सोही क्रममा ट्रकबाट बच्न खोज्दा अर्को कारसँग ठोक्किएर दुवै कारमा रहेका व्यक्तिको मृत्यु भएको हो।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले एएफपीलाई बताए कि सातजना पीडितको घटनास्थलमै मृत्यु भयो भने आठौंको अस्पतालमा मृत्यु भएको थियो। प्रहरीका अनुसार सेतो होन्डा कारमा सवार अधिकांश आप्रवासी होन्डुरसका थिए।

Logo