संकल्प प्रस्ताव दर्तादेखि लकडाउन खुकुलो बनाएको मुलुकमा संक्रमण बढ्दोसम्म (भिडियोसहित)

संकल्प प्रस्ताव दर्तादेखि लकडाउन खुकुलो बनाएको मुलुकमा संक्रमण बढ्दोसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये भारतीय पक्षले कब्जामा लिएको नेपाली भूमिलाई तत्काल फिर्ता गर्न प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ । नेपाली भूमिमा भारतीय पक्षले सडक निर्माण गरेको विषयमा नेकपाका ६ जना सांसदले आइतबार संकल्प प्रस्ताव दर्ता गरेका हुन् । संकल्प प्रस्ताव दर्ता गर्नेमा गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी रहेका छन् ।

त्यस्तै कोरोना भाइरसको महामारीलाई अवसरमा बदल्नुपर्ने पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धन्नजय रेग्मीले बताएका छन् । कार्यकारी अधिकृत रेग्मीले केन्द्रबिन्दु टेलिभिजनसँग अन्तवार्ता दिँदै सो कुरा बताएका हुन् । पर्यटन क्षेत्रलाई माथि उठाउन सरकारले दीर्घकालीन सोचका साथ बजेटमा समेट्नु पर्ने उनको भनाइ छ ।

नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्राको अघि बढ्ने क्रममा दिवेश सर्वाधिक मत ल्याएर ११ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट सातमा पर्न सफल भएका हुन् ।

त्यस्तैगरी पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँग सधै विवाद गर्नु भन्दा सीमानामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनको सो कुरा बताएका हुन् । सीमाको विषयमा सँधै विवाद गर्नु भन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल लगाउनुपर्ने उनको भनाइ छ ।

कोरोना भाइरस नियन्त्रण उन्मुख भएपछि लकडाउन खुकुलो बनाएका मुलुकहरुमा पुनः संक्रमण बढ्न जालेपछि लकडाउनकाे घोषणा गरिएको छ । कोभिड–१९ को केन्द्रबिन्दु मानिएको चीनको वुहानमा ११ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँको शुलान शहरमा पुनः लकडाउन गरिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला 

Logo