विदेशमा अलपत्र नागरिक ल्याउने तयारीदेखि व्यवसायीको मागसम्म (भिडियोसहित)

विदेशमा अलपत्र नागरिक ल्याउने तयारीदेखि व्यवसायीको मागसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने जानकारी दिए ।

त्यस्तै छिमेकी मुलुक भारतमा लकडाउनको समयमा मदिरा सेवन गर्नेले निर्धारित मूल्य भन्दा थप ७० प्रतिशत कोरोना कर तिनुपर्ने भएको छ । भारत सरकारले कोरोना भाइरसको रोकथाम गर्न लकडाउन गरेपनि मदिरा पसलहरु खुल्न थालेपछि त्यसलाई रोक्न कर बढाउने निर्णय गरेको हो ।

सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अहिले नै भर्ना नलिन आग्रह गरेको हो । मन्त्रालयले अर्को सूचना जारी नहुँदासम्मका लागि सो आग्रह गरेको छ ।

त्यस्तैगरी डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । आमा इशाराको दुई साता पहिले निधन भएपछि ती बालबालिकाको बिचल्ली भएको हो । उनीहरुका बुबा केही समय पहिले भारतमा बेपत्ता भएका थिए ।

उद्योगी व्यवसायीले अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी वजेट ल्याउनुपर्ने बताएका छन् । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सो कुरा बताएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo