काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको ज्यान गएको छ भने २८ लाख ३३ हजार भन्दा बढी संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २ सय १७ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९ सय ६९ जना, स्पेनमा २२ हजार ५ सय २४ जना, फ्रान्समा २२ हजार २ सय ४५, बेलायतमा १९ हजार ५ सय ६ जना, बेल्जियममा ६ हजार ६ सय ७९ जना, जर्मनीमा ५ हजार ७ सय ६० जना, नेदरल्यान्ड्समा ४ हजार २ सय ८९ जना, स्वीडेनमा २ हजार १ सय ५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५ सय ८९ जना, रसियामा ६ सय १५ जनाको मृत्यु भएको छ ।
त्यस्तै इरानमा ५ हजार ५ सय ७४ जना, चीनमा ४ हजार ६ सय ३२ जना, ब्राजिलमा ३ हजार ७ सय ४ जना, मेक्सिकोमा १ हजार २ सय २१ जना, भारतमा ७ सय ७५, इन्डोनेसियामा ६ सय ८९ जना, इक्वेडरमा ५ सय ७६ जनाको मृत्यु भएको छ ।
त्यस्तैगरी नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ । शनिबारसम्म कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या ११ पुगेको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण गत माघ १० गते ३२ वर्षिय चीनबाट फर्किएका नेपाली नागरिकमा पुष्टि भएको थियो ।





























प्रतिक्रिया