अमेरिकी तेल बजारमा अहिलेसम्मकै ठूलो पहिरो, २ दशक यताकै कम मूल्य

अमेरिकी तेल बजारमा अहिलेसम्मकै ठूलो पहिरो, २ दशक यताकै कम मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनबाट फैलिएको कोरोना संक्रमणका कारण अमेरिकी तेल बजारमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ ।

कोरोनाका कारण अमेरिकी तेलको मूल्य २१ वर्षयताकै न्यून विन्दुमा झरेको छ । कोरोनाको संक्रमणसँगै तेलको मागमा कमी आएकाले माग घट्न जाँदा अमेरिकी तेल बजारमा यसरी पहिरो गएको हो ।

सोमबार बिहान एशियाली बजारमा अमेरिकी तेलको बेन्चमार्क, वेष्ट टेक्सस इन्टरमिडिएटको मूल्य १४ प्रतिशत घटेर प्रतिब्यारेल १५.६५ रुपैयाँमा कारोबार भएको छ । अहिले अमेरिकी तेलका भण्डारणहरु मूल्यमा आएको गिरावटको सामना गरिरहेका छन् । कसैले पनि तेलको माग नगरेकाले सबै भण्डारण भरिएका छन् ।

तेलको बजारमा यसरी गिरावट आएपछि अमेरिकी अधिकारीहरु चिन्तित बनेका छन् । कोरोनाको महामारी फैलिएसँगै विश्वका तेल उत्पादक मुलुकहरुले तेल उत्पादनमा कटौती गरेका छन् । तेल बजारमा गिरावट आएपछि अहिले विश्वका अधिकांश तेल उत्पादन कारखानाहरु बन्द भएका छन् ।

Logo