एजेन्सी । चीनमा पुलिसले एकजना नेताको घरमा छापा मार्दा यति धेरै सुन फेला पार्यो कि सुन्दा हम्मेसी विश्वास गर्नै गार्हो हुन्छ । चिनियाँ पुलिसले डान्झाउको ५७ वर्षीय पूर्व मेयर झाङ की को घरबाट १३ दशमलव ५ टन (करिब ११ हजार ७ सय ९४ किलो) सुन वरामद गरेको छ । स्थानीइ मिडिया रिपोर्ट्सका अनुसार उनको घरको बेसमेन्टबाट १३ दशमलव ५ टन सुनको इँट फेला परेको हो । पूर्व मेयरको हजारौं वर्ग मिटरमा फैलिएको आलिशान बंगलामा उक्त सुन लामो समयदेखि लुकएर राखिएको थियो ।
चीनमा भ्रष्टाचारीका विरुद्ध निकै कडा कानुन छ । यसका लागि पूर्व मेयरलाई फाँसीको सजाय हुनसक्ने अड्कलबाजीहरू भइरहेका छन् ।





























प्रतिक्रिया