मेक्सिकोको मध्य भागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य ७१ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो ।
इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ । पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गर्भनर ओमार फायाडले बताए ।





























प्रतिक्रिया