महाभियोग लगाइएका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति अदालतद्वारा पुनर्बहाली

महाभियोग लगाइएका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति अदालतद्वारा पुनर्बहाली

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । महाभियोग लगाइएका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सुलाई पदमा पुनर्बहाली गर्न अदालतले आदेश दिएको छ ।

दक्षिण कोरियाली संसद्‌ले महाभियोग लगाएका सुलाई संवैधानिक अदालतले पुनर्बहाली गरेको हो । गत डिसेम्बरमा देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसद्‌ले महाभियोग लगाएको थियो। त्यसपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बनेका थिए। तर, उनीविरुद्ध पनि महाभियोग लगाइएको थियो ।

Logo