१८८ जना सवार विमान समुद्रमा खस्यो

१८८ जना सवार विमान समुद्रमा खस्यो

केन्द्रबिन्दु
0
Shares

इन्डोनेशियामा दुर्घटनाग्रस्त भएको विमानमा १८८ जना सवार रहेको पुष्टि भएको छ । विमानमा १७८ यात्रु, १ नाबालक, २ बच्चा, २ पाइलट र ५ क्रु मेम्बर गरी १८८ जना रहेको कम्पनीले जनाएको छ । 

इन्डोनेशियाको बजेट एयरलाइन्सका रुपमा परिचित लायन एयर समुन्द्रमा खसेर दुर्घटना भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार बोइंग ७३७-८०० उक्त जहाज उडेको १३ मिनेट मै सम्पर्कबिहिन भएको थियो  । राजधानी जाक्रताबार स्थानीय समय ६:२० मा उडेको उक्त जहाज ७:२० मा पन्कलमा अवतरण गर्नु पर्ने थियो । 

 समुन्द्रमा विमानको केहि भग्नावशेष र केहि सिट फेला परेका छन् । उद्दार तथा खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

Logo