इरानी राष्ट्रपति पेजेस्कियनद्वारा ‘१२ दिने युद्धको अन्त्य भएको’ जानकारी

इरानी राष्ट्रपति पेजेस्कियनद्वारा ‘१२ दिने युद्धको अन्त्य भएको’ जानकारी

केन्द्रबिन्दु
138
Shares

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गरेका छन् ।

पेजेस्कियनले युद्धविराम लागू भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, “आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।”

इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनले बताए ।

यसैगरीे, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएकोे बताएका छन् ।

मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका छन् ।

अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको बताउँदै उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउन उनीहरूलाई विकासको गति बढाउनको लागि आधार मान्ने उल्लेख गरे ।

यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा वरिष्ठ कमान्डर, आणविक वैज्ञानिक र नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ ।

शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू (फोर्डो, नटान्ज र इस्फहान–मा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।

Logo