काठमाडौं
भारतले नेपालबाट भारत तर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । "/>

भारतको बजेट : नेपालबाट जाने वस्तुमा ५० प्रतिशत सम्म भन्सार लाग्ने

भारतको बजेट : नेपालबाट जाने वस्तुमा ५० प्रतिशत सम्म भन्सार लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
भारतले नेपालबाट भारत तर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेल लगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यस अघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक वर्षमा ५ अर्ब ९ करोड रुपैयाँको जुस निर्यात भएको थियो । नेपालबाट भारततर्फ डाबर जुस सबैभन्दा धेरै निर्यात हुन्छ ।

चालू आर्थिक वर्षको ६ महिनामा करिब ७८ करोड रुपैयाँको जुत्ता भारतमा निर्यात भएको छ । गत आवमा १ अर्ब भन्दा बढीको जुत्ता नेपालबाट निकासी भएको थियो । नेपालबाट गोल्डस्टार लगायतका जुत्ता भारततर्फ ठूलो मात्रामा निर्यात हुन्छन् । त्यस्तै यस अवधिमा ७ करोड ३६ लाख रुपैयाँको खाने तेल भारतमा निर्यात भएको छ । केही मात्रामा जुस र जुसको पल्प पनि निर्यात भएको छ । जुत्ता निर्यातमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा अब त्यो २० प्रतिशत पुगेको छ । भन्सार दर बढ्दा नेपाली निर्यात प्रभावित हुने भए पनि भारतीय पक्षबाट आधिकारिक धारणा आएपछि यसमा छलफल गरिने नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

भारत सरकारले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा बिहीबार संसदमा प्रस्तुत गरेको बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु ( १० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भारत सरकारले कुल ३ अर्ब ७५ करोड भारु अनुदान स्वरूप दिएको थियो ।
नयाँपत्रिकाबाट

 

Logo