काठमाडौँ । इजरायल र लेबनानबीच जारी युद्धविरामलाई तीन हप्ता थप गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको १० दिने युद्धविरामलाई विस्तार गर्दै थप तीन हप्ताका लागि लम्ब्याउने निर्णय भएको घोषणा गरेका हुन् । वासिङ्टनमा इजरायल र लेबनानका प्रतिनिधिबीच भएको राजदूतस्तरीय वार्तापछि यो सहमति बनेको बताइएको छ ।
ट्रम्पले ओभल अफिसमा भएको छलफलपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेबनान सरकारलाई हिजबुल्लाहको चुनौतीबाट सुरक्षा दिन अमेरिकाले सहयोग गर्ने बताएका छन् ।
यसअघि अप्रिल १६ देखि लागू भएको १० दिने युद्धविराम इरानसँगको तनाव र सीमापार झडपपछि सम्भव भएको थियो । तर दक्षिणी लेबनानमा अझै पनि फाट्टफुट्ट तनाव जारी रहेकाले स्थिति नाजुक रहेको बताइएको छ ।





























प्रतिक्रिया