तेहरान । इरानले स्ट्रेट अफ हर्मुज आफ्नो सबैभन्दा ठुलो शक्ति भएको र यसमा आफ्नो नियन्त्रण जारी रहने बताएको छ।
इरानको संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकासँग गरिएको समझदारीपत्र (एमओयू) मा समुद्री सेवा शुल्कमा ६० दिनको छुट अस्थायी व्यवस्था मात्र भएको बताए।
इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै गालिबाफले हर्मुज स्ट्रेट इरानको क्षेत्रीय जलक्षेत्रको हिस्सा भएको बताए।
गालिबाफले भने, ‘इरानले हर्मुज स्ट्रेटको आफ्नो अधिकार त्यागेको छैन। यसमा कुनै परिवर्तन हुने छैन। हामी कुनै पनि परिस्थितिमा यो अडानबाट पछि हट्ने छैनौँ।’ उनले युद्धको समयमा हर्मुज स्ट्रेटलाई ‘ईश्वरको उपहार’ भने।
































प्रतिक्रिया