एलियन्सका कारण हावामै अड्कियो प्लेन

एलियन्सका कारण हावामै अड्कियो प्लेन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी जासूसी संस्था सिआइएका पूर्व डाइरेक्टर जेम्स वुल्सले एलियन्सको विषयलाई लिएर आफ्नो दावी पेश गरेका छन् । 

उनी पहिले एलियन्सको विषयमा शंका गर्थे तर, जब ४० हजार फिटमाथि उडिरहेका उनको साथी सवार प्लेन हावामै अड्कियो तब उनी आफ्नो सोच बदल्न बाध्य भए । यदि एलियन्स भएका खण्डमा उनीहरुसँग दोस्ती गर्न सकिने पनि उनले बताए।

सन् १९९३ देखि १९९५ सम्म सिआइएको डाइरेक्टर बनेका उनले आफ्नो साथीको प्लेन अड्किएको र त्यो एलियन्सका कारण भएको बारेमा खुलेर कुरा गरे । यदि एलियन्सले सम्पर्क गरेका खण्डमा मानिसले अर्को ग्रहका जीवसँग दोस्ती गर्न सक्ने पनि बताए ।

एउटा युट्युब च्यानलसँग आफ्नो नयाँ किताब अपरेशन ड्रागनका बारेमा कुराकानी गर्दै उनले पछिल्ला कयौं वर्षमा हावामा भएका रहस्यमय कुराका बारेमा  थुप्रै पटक सुनेको बताए । तर, यी घटनाहरु कहिले सत्य नलागे पनि आफ्नो साथी उडिरहेको ४० हजार फिटमाथिको प्लेन अचानक रोकियो र विमान उड्न सकेन । यस घटनापछि उनको सोचमा परिवर्तन आयो। 

यसभन्दा अघि अन्य सिआइएका पूर्वडाइरेक्टरहरुले पनि एलियन्सको सम्भावनाका बारेमा खुलासा गरेका थिए । कुरा यतिमा मात्र सीमित छैन, इजरायलका पूर्व अन्तरिक्ष सुरक्षा कार्यक्रमका प्रमुख हैम इशेदले ब्रम्हाण्डमा एलियन्स भएको दावी गरेका थिए। त्यति मात्र नभएर उनीहरुको अमेरिका तथा इजरायलको साथ सम्पर्क रहेको पनि उनले बताए । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस बारेमा राम्रो जानकारी रहेको पनि उनले बताए। 

इशेदले त यतिसम्म भने कि एलियन्सको उपस्थितिलाई अहिले लुकाएर राखिएको छ, यसको कारण मानिसहरु यसका लागि तयार नभएका समेत उनले बताए ।

करिब ३० वर्ष इजरायलको अन्तरिक्ष कार्यक्रम हेरेका उनले अमेरिकासँग भएको गोप्य सम्झौतामा एउटा ग्यालेक्टिक फेडेरेशन बनाइएको जुन मंगल ग्रहको जमीन मुनि रहेको समेत उनले बताए।

Logo