१४ माघ २०७८ शुक्रबार

0 Shares

मञ्चमा भाषण गरिरहेका नेताको गालामा थप्पड हानेपछि...(भिडियो)

काठमाडौं । भारतमा भाषण गरिरहेका एक नेताले झाडप खाएका छन् । कांग्रेस आईका नेता हार्दिक पटेलले मञ्चमा भाषण गरिरहेका बेला एक व्यक्तिले थप्पड हानेका हुन् । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’ का क्रममा भाषण गरिरहेका नेता पटेलको गालामा थप्पड हानिएको हो ।

पटेलले भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई थप्पड हानेको भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । के कारण उनलाई थप्पड हानियो भन्ने खुल्न सकेको छैन् । प्रहरीले थप्पड हान्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।

प्रकाशित: ६ बैशाख २०७६ १३:४९ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी