क्यालेण्डर फेरिन्छ। भर्खरै नेपाली मान्यता अनुसारको पुरानो वर्ष २०७७ विदा भइ नयाँ वर्ष २०७८ सुरू भएको छ। हामीले नयाँ वर्षको अवसरमा जे जाती उत्सव मनाए पनि विज्ञानको परिभाषामा यति मात्रै हो, पृथ्वीले सूर्यको एउटा परिक्रमा पूरा गर्यो। हामीले बुझ्छौं–३ सय ६५ दिन बिते अथवा एक वर्ष बित्यो। सबै किसिमका वार्षिकोत्सव मनाएर तपाईँ हामी समयसँग गति गरिरहन्छौं।
तपाईँको जीवनमा यस एक वर्ष अर्थात ३६५ दिन अथवा पृथ्वीले गर्ने सूर्यको एउटा परिक्रमाको अवधिमा अनेकौं घटना हुन्छन्। तपाईँको जीवनजस्तै ब्रह्माण्डमा पनि अनेकौं घटना हुन्छन्।
विज्ञान भन्छ– प्रत्येक वर्ष चन्द्रमा हामी बसेको पृथ्वीदेखि ३.८ सेन्टिमिटर टाढा हुँदै जान्छ।
हामीले एक वर्ष भनेको अवधिमा सूर्यको तौल १७४ खर्ब टन कम्ती हुन्छ। हाइड्रोजन बलेर हिलियममा बदलिन्छ। प्रत्येक सेकेण्डमा ७ करोड टन हाइड्रोजन बलेर ६ करोड ९५ लाख टन हिलियममा ‘परिवर्तित हुन्छ। प्रत्येक सेकेण्डमा ५ लाख टन ‘मास’ ऊर्जामा रूपान्तरित हुन्छ।
प्रत्येक वर्ष पृथ्वीको कक्ष १.५ सेन्टिमिटरका दरले वृद्धि भइसकेको हुन्छ।
दृष्य ब्रह्माण्डमा यसै एक वर्षको अवधिमा १५० अर्ब नयाँ तारा बन्ने गर्छन् । गणना गरी हेर्नुस् त एक सेकेण्डमा कति वटा नयाँ तारा बन्छन् ?
छिमेकी आकाशगंगा एण्ड्रोमेडा ३.५ अर्ब किमी हाम्रो नजिक आउँछ, एक वर्षमा।
र, हाम्रो ब्रह्माण्ड झण्डै ६० खर्ब किमी फैलिसकेको हुन्छ, पुरानो वर्ष र नयाँ वर्षबीचको अवधिमा।





























प्रतिक्रिया