जापानमा आँधीको त्रास कायमै, सरकारद्वारा तीन लाख नागरिकलाई ठाउँ छोड्न आग्रह

जापानमा आँधीको त्रास कायमै, सरकारद्वारा तीन लाख नागरिकलाई ठाउँ छोड्न आग्रह

केन्द्रबिन्दु
0
Shares

जापानका विभिन्न ठाउँमा आँधीको त्रास रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ। 

देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दा बढी मानिसलाई ठाउँ छोड्न सरकारले आग्रह गरेको हो। 

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ वटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन्। 

अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन्।

Logo