पोखरा विमान दुर्घटनाः पोस्टमार्टमका लागि २५ शव काठमाडौं ल्याइयो

पोखरा विमान दुर्घटनाः पोस्टमार्टमका लागि २५ शव काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
0
Shares

पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको बताएको छ। ‘बाँकी ४८ शवमध्ये २५ वटा शव सेनाको वायुयानबाट काठमाडौं ल्याइएको छ’, नागरिक उड्डयनले भनेको छ, ‘बाँकी २३ वटा शव दोस्रो वायुयानबाट काठमाडौं ल्याउने क्रम जारी छ।’

उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ। शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो। 

Skip This
Skip This
Logo