विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।
आगो ताप्ने क्रममा विराटनगर महानगरपालिका–१० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको जलेर मृत्यु भएको हो । आगोमा जलेर बिहिबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले घटनाको अनुसन्धान सुरु भएको जानकारी दिए ।





























प्रतिक्रिया