वित्तीय विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको तोकता

वित्तीय विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको तोकता

केन्द्रबिन्दु
0
Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पठाउन पुनः ताकेता गरेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउनुपर्ने जनाएको छ । मन्त्रालयले यसअघि गत ५ भदौमा सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन भनेको थियो । तर अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो ।

मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो । सामान्य प्रशासन मन्त्रालयले दिएको निर्देशनलाई स्थानीय तहले बेवास्ता गर्दा मन्त्रालयमा विवरण सम्बन्धी काम गर्न असहज भइरहेको मन्त्रालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।

Skip This
Skip This
Logo