अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय फिर्ता लिन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आजका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको छ।

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। यता प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।  

Skip This
Skip This
Logo