बुटवलका एक प्रतिष्ठित उद्योगी खेमबहादुर श्रीसको आइतबार बिहान मृत्यु भएकाे छ। काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।
उनी बुटवल औद्योगिक क्षेत्रका उद्योगी रहेकाे र एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा श्रीस करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
५७ वर्षीय श्रीस नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय सचिवालय सदस्य, महासङ्घ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष एवं उद्योग व्यापार सङ्घ बुटवलका पूर्व अध्यक्ष समेत हुन् ।
बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेकट्रोनिक्स एन्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठुलो क्षति पुगेको उद्योग व्यापार सङ्घ बुटवलले जनाएको छ ।





























प्रतिक्रिया