ट्याक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सुरक्षा वेसक्याम्प बिष्णुपुरा रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा हालेको हो ।
सेनले सेवाग्राहीसँग ट्याक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिएकाे टोलीले २० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।































प्रतिक्रिया