सरकार र मिटरब्याजी पीडितबीच पटक-पटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि आजदेखि पुनः आन्दोलन हुने भएको छ ।
मिटरब्याजी पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आज सोमवारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित दबाबमूलक कार्यक्रमहरू गर्ने जानकारी दिए ।
विभिन्न २४ जिल्लाबाट आएका पीडितहरूले राखेका ६ बुँदे मागका विषयलाई सरकारी वार्ता टोलीले सम्बोधन नगरेपछि एकतर्फी रूपमा वार्ता भंगको घोषणा गर्दै पीडितहरू गृह मन्त्रालयबाट बाहिरिएका थिए ।
गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ ।
३ दिनअघि वार्ता भंगको घोषणा गर्दै गृह मन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । यस विषयमा समस्या समाधानका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पीडितहरूसँग पटक–पटक भेट गरेर छलफल गरेका थिए ।





























प्रतिक्रिया