तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा आज बिहान डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नंको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सनबहादुरसहित चेतबहादुर घर्ती र आयुष भुजेल रहेका छन् । साथै घाइते ५ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।































प्रतिक्रिया