सशस्त्र प्रहरीले धरानबाट आठ बोरा गाँजासहित दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने धनकुटाको छथरजोरपाटी गाउँपालिका -६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन् । प्रहरीले धरान उपमहानगरपालिका– १३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १–०२– ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा ८ बोरा गाँजा बरामद भएको हो ।
पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए ।
धनकुटा क्षेत्रमा उत्पादित गाँजा चोरबाटो हुँदै भारत तस्करी हुँदै आएको छ । सशस्त्र प्रहरीले सुनसरीबाट गत फागुन १५ गते २५८ र फागुन ४ गते २८ किलो गाँजा बरामद गरेको थियो ।































प्रतिक्रिया