सशस्त्र प्रहरीले १६ लाख ८९ हजार ५० रुपैयाँ मूल्य बराबरको अवैध सामाग्रीसहित भारतीय नम्वर प्लेटको गाडी नियन्त्रणमा लिएको छ ।
झापा मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको निन्दा पुल नजिकबाट सशस्त्र प्रहरीकाे टाेलीले ईलेक्ट्रिक सामान र मोटरपार्ट्ससहित भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एटी ३९४० भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो ।
गाडीमा सामानको प्रज्ञापनपत्र तथा गाडीको सुविधा ईजाजतपत्र समेत नभएको फेला परेपछि सशस्त्रले सामान र गाडी नियन्त्रणमा लिएको हो । नियन्त्रणपछि सशस्त्रले सामान र गाडी भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।































प्रतिक्रिया