१ सय ३९ बर्षपछि बुद्ध पुर्णिमाकै दिन चन्द्रग्रहण

१ सय ३९ बर्षपछि बुद्ध पुर्णिमाकै दिन चन्द्रग्रहण

केन्द्रबिन्दु
0
Shares

चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ। यो सालको पहिलो चन्द्रग्रहण आज लाग्दैछ। यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्षपछि लाग्न लागेको हो। 

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ। बैशाख २२ गते राती ८ बजेर ४४ मिनेटदेखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ। यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा १५ मिनेटको हुनेछ। 

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीबाट सुरु हुन्छ, तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन्। यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिदैँन् । 

Skip This
Skip This
Logo