अपहरण परेका बालकको सकुशल उद्धार

अपहरण परेका बालकको सकुशल उद्धार

केन्द्रबिन्दु
0
Shares

सुनसरीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । 

दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सशकुशल उद्धार गरेको हो । 

भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भारतको  समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उनलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो । तर, अपहरण गर्ने व्यक्ति भने पक्राउ परेका छैनन् । अपहरणकारीको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले गत आइतबार बालकको अहपरण गरेका र भोलिपल्ट भारतीय फोन नम्बरबाट वाट्सअपमार्फत  २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो ।

Skip This
Skip This
Logo