नयाँ करको विरोधमा जुट्न सबै सेयर लगानीकर्तालाई आह्वान

नयाँ करको विरोधमा जुट्न सबै सेयर लगानीकर्तालाई आह्वान

केन्द्रबिन्दु
0
Shares

सेयर लगानीकर्ता पीडित समूहले नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ करको विरोधमा जुट्न सबै लगानीकर्तालाई आह्वान गरेका छन् । 

सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै बिहीवारदेखि आन्दोलन थालेका उनीहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सबैलाई आन्दोनमा जुट्न आग्रह गरेका हुन् । 

विरोध कार्यक्रममा पुँजीबजार सुधारका अभियन्ता तिलक कोइरालाले अर्थतन्त्र चलायमान बनाउने नै पूँजी बजार क्षेत्र भएकाले यसलाई त्रसित पार्ने कार्यले अर्थतन्त्रलाई ठूलो क्षति पुग्ने बताए । उनले भने, ‘अर्थतन्त्र चलयामान बनाउने नै पूँजी बजार र घरजग्गा क्षेत्र भएकाले यस क्षेत्रलाई त्रसित पार्ने कार्यले अन्ततः अर्थतन्त्रलाई ठूलो क्षति पुर्याउने छ ।’

अभियन्ता कोईरालाले अर्थमन्त्रीले पूँजी बजारका लगानीकर्ताले अर्बौ कमाउँछन्  तर कर तिर्दैनन् भनेर लगाएको आरोप झुटो भएको दावी गरे । उनले भने, ‘सेयर बजारका हरेक लगानीकर्ताहरुले पारदर्शी रुपमा कर भुक्तान गर्दै आएकोले यसमा कर छलीको शून्य दशमलव १ प्रतिशत पनि संभावना छैन यस्तो अवस्थामा पूँजी बजारका लगानीकर्ताले अर्बौ कमाउँछन्  । तर कर तिर्दैनन् भनी अर्थमन्त्रीले लगाउनु भएको आरोप स्वतः खण्डनीय छ ।’

पूँजी बजारमा अल्पकालीन र दीर्घकालीन लाभकरलाई अन्तिम करको रुपमा परिभाषित गरी आय कर ऐनको दफा ९२ मा त्यसलाई स्पष्ट रुपमा उल्लेख गर्न लगानीकर्ताहरुको माग रहेको छ । यो आन्दोलन समग्र पूँजी बजारको आन्दोलन भएको भन्दै सबैको सक्रिय सहभागिताले आन्दोलन सफल गराएरै छाड्ने अभियन्ताहरुको विश्वास रहेको छ ।  

Skip This
Skip This
Logo