नेपालमा टारो ब्रान्डका बाइक बिक्री गरिरहेको ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलका बाइकको मूल्य घटाएको छ।
त्यसैगरी जीपी १ २५० को मूल्य ६ लाख ७० हजारबाट ६ लाख रुपैयाँ कायम गरिएको छ। यसमा ७० हजार रुपैयाँ मूल्य कम गरिएको छ ।
टारोका दुई मोडल जीपी २ २०० र जीपी १ २५० को मूल्य घटाएको हो । जीपी २ २०० को मूल्य पहिले ५ लाख ५५ हजार भएकोमा अब घटाएर ४ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ । यसमा ८० हजार रुपैयाँ मूल्य कम गरिएको हो ।
इटालियन डिजाइनमा निर्मित टारोका बाइकहरु युवावर्गहरुले अत्यधिक मन पराएको स्पोर्ट्स सेगमेन्ट अन्तर्गतका बाइकहरु हुन् । नेपाल भित्रिएको टारो ब्रान्डका बाइकसँगै १५० सीसीका अन्य दुई स्कुटरका इमोला १५० र टी९ १५० ईएफआई मोडलहरु पनि उपलब्ध छन् ।
हाल उपत्यकाभित्र कम्पनीको थ्रीएस सुविधाको साथ नक्साल, टेकु र धोबिघाट शोरुमबाट टारोको बाइक खरिद गर्न सकिनेछ भने उपत्यका बाहिर इटहरी, हेटौंडा र पोखरामा पनि थ्रीएस सुविधाको साथमा बाइक उपलब्ध रहेको छ ।































प्रतिक्रिया